देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आठवर्षको अवधीमा सामुहिक र ब्यक्तिगत रुपमा धेरै लगानी नेपाल आएको छ

देशान्तर

काठमाडौं । सन २००३ वाट सुरु भएको एनआरएन अहिले सम्म आई पुग्दा हाम्रा धेरै एजेण्डाहरु अल्मलिएको अवस्था छ । हामीले बिनासकारी भूकम्पपछि गोरखाको लाप्राकमा बस्ती वसाल्ने विषय देखि एनआरएनको नयाँ भवनको निर्माण सम्मका बिषयले पुर्णता पाएको छैन ।

चिरन्जिबि थापा–उपाध्यक्षका उमेद्वार (गैरआवासीय नेपाली संघ)

एनआरएनको यो आठौँ सम्मेलन हुदै गर्दा सन २००३ वाट सुरु भएको एनआरएन अहिले सम्म आई पुग्दा हाम्रा धेरै एजेण्डाहरु अल्मलिएको अवस्था छ । हामीले बिनासकारी भूकम्पपछि गोरखाको लाप्राकमा बस्ती वसाल्ने विषय देखि एनआरएनको नयाँ भवनको निर्माण सम्मका बिषयले पुर्णता पाएको छैन । अहिले एनआरएनमा एकल नेतृत्व भयो भन्ने आरोप पनि आईरहेको छ । र, एनआरएनलाई जसरी पनि सामुहीक नेतृत्वको बनाउने पक्षमा उभिएको छु । यसैलाई अगाडि वढाउदै लाने र विदेशमा वस्ने नेपालीहरुले नेपालमा पुँजी मात्र भित्र्याउने काम नगरेर ज्ञान सिप भएका नेपालीहरुलाई विदेशमै स्थापित गराउने र विशेष गरी नेपालको समृद्धिको विषयमा पहल गर्ने मेरो उदेश्य हो ।

तर, एनआरएन सामाजिक सस्था नभएर विदेशमा रहेका नेपालीहरुले राजनिति गर्ने सस्थाका रुपमा बिकसित भई रहेको छ नी?

हो,मुख्य विषय त नेपालको समृद्धिका लागि ६०देखि ७० लाख नेपाली जो विदेशमा वस्नुहुन्छ । उहाँहरु सवैलाई एकिकृत गरेर उहाँहरुलाई स्थापित गराउने र विदेशमा भएका समस्याहरुलाई नेपाल सरकारसंग पहल गरी उहाँहरुको मुद्धालाई संवोधन गर्ने विषय गर्नु पर्ने बिषय पनि बाँकिनै छ । तर, विचमा अहिले यो विदेशमा पनि अलि राजनिति गर्ने थलोको रुपमा अघि वढेको देखिदै गएको छ । यसलाई चाँडो निराकरण गर्न मेरो पहल जारिरहने छ ।

यसलाई न्यूनिकरण चाहि कसरी गर्न सकिन्छ । के छन तपाईसंग योजना  ?

यो आठौँ सम्मेलनबाट नयाँ कार्यसमितिले यसलाई मुख्य विषय वस्तु वनाएर चिर्ने काम गर्न जरुरी छ । अहिले नेपालीहरु विदेशमा विभिन्न राजनितिक दल र एनआर एन र विभिन्न झुर बाट लडाई लड्ने काम भईरहेको छ । तथापी एनआर एन केन्द्रित मुद्धाहरुले पनि यसमा झगडा गर्ने प्रथा सुरु भएको छ । यसलाई आठौँ सम्मेलन पछि नयाँ कार्यसमितिले नयाँ उर्जाका साथ आउछ र कार्यान्वयन गर्छ भन्ने मलाई लाग्छ ।

एनआरएन स्थापना हुदाँ यसै नेपालमा धेरै काम गर्छ भनेर एक प्रकारले हल्ला पनि गरियो तर, अहिले सम्म हल्लामा मात्रै सिमि रहने हो भन्ने चिन्ता एक थरिले ब्यक्त पनि गरिहेका छन नी ?

यो गलत कुरा हो । समग्र नेपालको लागि गैरआवासीय नेपालीहरुवाट धेरै कामहरु भएका छन् । कतिपय कामहरु वजारमा हल्ला नभएको चाँहि हो । नेपालमा गैरआवसीय नेपालीहरु वाट प्रशस्तै कामहरु भईराखेका छन् । अहिले विशेष गरी नेपालको हाईड्रो क्षेत्रमा पनि प्रशस्तै लगानी आईसकेको छ । गैरआवसिय नेपालीहरुको आन्तरिक लगानी पनि भई रहेको छ । यसलाई जसरी सामुहिक रुपमा लानुपर्ने थियो यो चाहि कम भएकै हो ।

विदेशमा वसेका बद्धिजीवीहरु संग एनआरएनका अभियान्तहरुले समेट्न्न सकिरहेको छैन भन्ने आरोप छनी ?

तपाईले सहि कुरा उठाउनुभयो । मैले पनि अहिले उपाध्यक्षको उम्मेद्धारी दिदैगर्दा खेरी त्यसलाई अर्को मुख्य एजेण्डा बनाएको छु । जो विदेशमा वस्नुहुन्छ बुद्धिजीवी व्यक्तित्वहरु यो नेतृत्वको होडबाजीमा उहाँहरु पछाडि हुनुहुन्छ र एनआरएन अभियानमा पनि उहाँहरु आज भोली पछाडी नै छन् । यो एनआरएनको निर्वाचन जो महंगो पनि परेको हुदाँ धेरै अफ्ठ्यारा कुराहरु भोग्नु पर्दा खेरी उनीहरुले नेतृत्वमा नआउने र पन्छिएर काम गर्ने स्थिति छ ।

यस्ता व्यक्तित्वहरु एनआरएन वाट अलग भएर जाँदा एनआरएनलाई त सहयोग त पुग्दैननी ?

पक्कै पनि पुग्दैनन् र एनआरएनका प्राज्ञिक व्यक्तिहरु पछाडीवाट एनआरएनलाई सुझाव दिने एनआरएनलाई नेपालमा काम गर्न सरलिकरण गर्ने भुमिका प्राज्ञिक व्यक्तित्वहरुले नै गरिराखेको छ । जुन मात्रमा एनआरएन भित्र नै वसेर गर्नुपर्ने हो त्यो मात्र कमि भएको हो कि भन्ने हामीलाई पनि लागेको छ ।

एनआरएन यो आठाँसम्मेलनवाट सामुहीक नेतृत्वमा जान सक्छ ?

विशेष गरी अहिले यो जुन नेतृत्व छ । यो नेतृत्वलाई एकल नेतृन्व भनेर जुन आरोप लागेको छ । एकै व्यक्तीले दुई दुई कार्यकाल चलाउनुभयो । राजनितिक रुपमा हरेक कुरामा एकल भयो भन्नेहरुलाई पनि अलिकति अनुभुति भएको छ । अब आउने नयाँ नेतृत्वले सबैको सामुहिक नेतृत्व गर्नेछ र यो सम्मेलन त्यसैमा विशेष केन्द्रित भएको देखिन्छ ।

भनेपछि अव सिंगो कार्यसमतिमा शक्तिको वाँडफाँड हुनेभयो, यो शक्तिको वाडफाँडले तपाईहरुलाई समस्या हुदैन र ?

संसारमा जुनसुकै देशमा रहे पनि टेक्नोलोजीको जमानाले एकै ठाउँमा ल्याईसकेको छ । त्यसैले एनआरएनमा नेतृत्व गर्ने कार्यसमितिका व्यक्तीत्वहरु जुनसुकै देशमा रहे पनि काम गर्न खासै अफ्ठ्रो पर्दैन भन्ने मलाई लाग्छ । अहिले नेतृत्व लिन चाहने व्यक्तिहरु महिनाका कयौँ चोटी नेपाल आउन सक्ने हैसियतका भएकाले पनि यसलाई थप सहयोग नै हुन्छ भन्ने मैले महसुस गरेको छु ।

खाडीमुलुकहरुमा काम गर्ने नेपालीहरु एनआरएनमा समेटेका छैनन्, यसलाई समेट्न तपाईको योजना के छ ?

जसरी नेपाल सरकारले एनआरएनलाई संवोधन गरेको छ । एनआरएन कसरी वन्यो भन्ने कुरालाई पनि स्पष्ट पारेको छ । त्यहि ढङ्गले पनि खाडिमुलुकहरु वाट पनि त्यतिकै मात्रमा सहभागि भएका छन् । परराष्ट्र र श्रममन्त्रालाई समन्वय गर्दै प्रशस्त कार्यक्रमहरु ल्याईसकेको छ । यसैक्रममा अहिले आठौँ महाधिवेशनमा पनि खाडिमुलुकहरुवाट पहिलेको भन्दा अहिले राम्रो सहभागि भएको देखिन्छ ।

युरोपीएन देशमा गैरकानुनी रुपमा वसेका नेपालीहरुलाई व्यवस्थित गर्न एनआरएनले के गर्न सक्छ ?
वास्तवमा गैरकानुनी ढङ्गवाट वसेका ति नेपालीहरुलाई एनआरएनमा आवद्ध गरिएको छैन । त्यसैले पनि उनिहरुलाई हाम्रो परिभाषाले पनि गैरआवशिय नेपाली भन्दैन । जो विदेशमा वस्छ गैरआवशिय नेपाली उनिहरुको समस्या समाधानका लागि उनिहरुलाई संवन्धित देशमा कानुनी रुपमा वस्नका लागि एनआरएनले पहल गरिराखेको अवस्था छ, र पहल गर्नेछ । उनीहरुलाई त्यहि संवन्धित देशमा टिक्न र टिकाउने पहल गर्ने अन्यथा गैरकानुनी ढ्ङ्गवाट वसेका नेपालीहरुलाई पनि आफ्नै देशमा फर्काउने कार्यक्रम हामिले अगाडि वढाएका छौँ ।

तपाईहरु जसरी नै तपाईहरुको वाल वच्चा सेकेण्ड जेनेरेशन पनि एनआरएनमा आवद्ध छन्, उनीहरुको पनि नेपालसंग भावना जोड्नुपर्छ कि पर्दैन ?
वास्तवमा जो नेपालीहरु विदेशमा जानुहुन्छ । अन्तराष्ट्रिय विमान स्थलमा प्रबेश भए पछाडि एकदमै नेपालीत्व, नेपालीपन र नेपाली भावना लुकेको हुन्छ र जो तपाईले भनेको विषय वस्तुलाई अहिले विभिन्न सास्कृतिक रुपमा, नेपालको पहिचान सिकाउने क्रममा अनुभुति दिलाउने काम चाहिँ एनआरएनले गरेको छ । यसैगरीनै पछिल्लो पुस्तालाई सास्कृतिक रुपमा हरेक तवरवाट नेपाल संग जोडिने काम चाहि एनआरएनले गरेको छ ।