देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमै दक्ष जनशक्ती उत्पादन गर्नुपर्छ भन्नेमा मेरो विशेष जोड छ

देशान्तर

काठमाडौं । मैले एनआरएन अष्ट्र्ेलीयाको अध्यक्ष भएर दुई चोटी काम गरिसकेको छु । म त्यहाँको अध्यक्ष हुदाँ खेरी त्यहाँका गैरआवशिय नेपालीहरुमा देखीएका समस्याहरु समाधानका लागि धेरै भुमिका खेलेको छु । मेरो कार्यकालमा धेरै प्रशंसानीय काम भएको भन्दै धेरैले प्रशंसा पनि गरेका थिए । त्यसैले यो अभियानलाई अझ अगाडि बडौँ भन्ने उदेश्यले अहिले सचिव पदमा दावी गरेको छु ।

गणेश केशी–सचिव पदका उमेद्वार (गैरआवासीय नेपाली संघ )

एनआरएन जुन उदेश्य र अभियान लिएर हिडेको थियो त्यो पुरा गर्न सकेन भन्ने आरोेछ केभन्नुहुन्छ ?

यो बिचमा सबै कुरा सकारात्कम नै भएका छन भन्ने अवस्था नभएपनि धेरै हदसम्म काम भएका छन । सन २००३ मा एनआरएनको स्थापना भएको हो । यसका अभियान्ताहरुले यसको स्थापना गनुभयो । यसको स्थापना गर्न त्यति सजिलो थिएन, धेरै समस्याहरु थिए । विश्वमा रहेका नेपालीहरुलाई एकै सुत्रमा आवद्ध गर्ने र देशलाइ आर्थिक संबृद्धि वनाउने उदेश्यले यो सस्थाको स्थापना भएको थियो । त्यो समय देखी आज सम्म एनआरएनले धेरै कामहरु गरिसकेको छन् ।

केके काम भएका छन कुनै उदाहरण दिन सक्नु हुन्छ ?

सोचे जतीकाम नभएपनि आज यसले संसारको ७८ देशमा आफ्नो सञ्जाल वनाईसकेको छ । संगसंगै नेपाल सरकार र परराष्ट्र मन्त्रालय संग हातेमालो गर्दै यसले आफ्नो काम गरिरहेको छ । लगानीका कुराहरुमा पनि हामिले शोचेको जस्तो नभएपनि प्रत्येक नेपालीहरुले एनआरएनको माध्यमवाट नेपालमा लगानी गरौँ, केहि गरौँ भन्न भावना बढाउदै लगेका छन । हिजोको तुलनामा आज हामीले आसगर्ने धेरै आधारहरु तयार भएका छन ।

नेपालमा एनआरनको लगानी आउछ, नेपालको समवृद्धि पनि वढ्छ, भनेर अलि धेरै आशा गरेकाले अहिले भई रहेको लगानी कम देखिएको हो त ?

स्थापनाकालमा हामिले गरेको भन्दा वढि कुरा भएको स्थिति थियो । त्यसको २÷३ वर्ष पछाडि हामिले महसुस ग¥यौँ । नेतृत्व वर्गले पनि त्यसका वारेमा बुझ्नुभयो र त्यसपछि विस्तारै विस्तारै बोल्नुभन्दा पनि लगानी मात्र हैन संसारमा छरिएर रहेका हामि नेपालीहरुलाई एकिकृत ज्ञान, दक्षता, अनुभव र पुजीँलाई कसरी जोड्न सकिन्छ । वाहिर वसेको नेपालीहरु विचमा कसरी सम्बन्ध बढाउन सकिन्छ । आपासी सद्भाव कसरी बढाउन सकिन्छ भन्ने कुरामा जोड दिदै अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित थियौँ । अहिले आएर ति कुराहरु सच्याएर कम वोलौँ धेरैँ गरौँ भनेर अगाडी बड्नुपर्ने अवस्था आएको मैलै अनुभव गरेको छु ।

तपाई सचिव पदका लागि उम्मेद्धारी दिनुभएको छ । तपाईका विशेष एजेण्डा केहुन ?

म सचिव हुदाँ पहिले पनि एनआरएन अष्ट्र्ेलीयाको अध्यक्ष भएर दुई चोटी काम गरिसकेको छु । म त्यहाँको अध्यक्ष हुदाँ खेरी त्यहाँका गैरआवशिय नेपालीहरुमा देखीएका समस्याहरु समाधानका लागि धेरै भुमिका खेलेको छु । मेरो कार्यकालमा धेरै प्रशंसानीय काम भएको भन्दै धेरैले प्रशंसा पनि गरेका थिए । त्यसैले यो अभियानलाई अझ अगाडि बडौँ भन्ने उदेश्यले अहिले सचिव पदमा दावी गरेको छु । धेरै एजेण्डाहरुलाई राख्नुभन्दा पनि गर्न सक्ने कुराहरुलाई मात्र समेटेर अगाडी बडौँ भनेर आफ्ना एजेण्डाहरुलाई अगाडि राखेकाछौँ । एनसीसी र आईसीसी विचको पुललाई बलियो वनाउने मेरो प्रमुख एजेण्डा छ । कहाँ के समस्या देखेका छन् त्यसैलाई पनि अघि वढाउनुपर्छ र संगसंगै हामीले आफ्नै देशमा पनि प्राविधिक शिक्षाको विकास गर्दै लानुपर्छ । नेपालमै दक्ष जनशक्ती उत्पादन गर्नुपर्छ भन्नेमा मेरो विशेष जोड छ ।

खाडीमुलकमा कार्यरत नेपालीहरुलाई समेट्न सकिरहेको छैन भन्छ, उनीहरुलाई समेट्न नसक्नुको कारण चाहिँ के हो ?

त्यो गलत कुरा हो । समेट्न नसकेको भनेको हैन मध्यपूर्व भन्छौँ हामी खाडीमुलकका हजारौँ हामि संग आबद्ध छन् । हो यसलाई हामिले स्विकानै पर्छ सोचे जति त्यहाँ काम गर्न सकिरहेको छैन । हरेक संग जोडिएका छन् । नेपाल सरकार भयो, मेनपावर त्यसैले यीनीहरु मध्यपुर्वमा रहेका सवैलाई एकिकृत गराईरहेका छौँ । हामिले आईसिसि वाट पनि विशेष जोड दिएर मध्येपूर्बमा पनि विशेष कोअर्डिनेशन टिम बनाएका छौँ । त्यहाँको विभिन्न किसिमको समस्यालाई हेर्नकै लागि भनेर हामीले यो टिम बनाएको हो । अहिले हामीले उनीहरुलाई पनि जोडेको छ र विस्तार विस्तार जोड्ने काम पनि भईरहेको छ । त्यहाँ आवद्ध रहेका साथीहरुलाई अझ शसक्त वनाई अगाडि वढाउने मेरो एजेण्डा छ ।

अहिले जती नेपाली बिदेशमा रहेका छन । अब दोस्रो पूस्ताले पनि नेपालसंगको भावना जोडेर काम गर्न सक्छ कि सक्दैन ?

समय सान्र्दभीक कुरा उठाउनुभयो, हिजो जुन कुराले एनआरएनको स्थापना ग¥यौँ । समय सापेक्षा हरेक कुरा परिवर्तन हुन्छ । हामि पनि अव विस्तारै परिवर्तन हुनुपर्छ । सेकेण्ड जेनेरेशनको लागि यो एनआरएनले महत्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने मलाई लाग्छ । नेपाल प्रतिको भावानात्मक साईनो हामिलाई जसरी नै हाम्रो बालवच्चालाई पनि कसरी आवद्ध गर्न सकिन्छ भन्ने कुरा यसमा जायज छ । हामीले वालवच्चाहरुलाई कल्चर भेषभुषा, नेपाली पन सिकाउनु अनिवार्य छ । त्यसैले अव आउने नेतृत्वहरुले यसका विषयमा गहन रुपमा शोचेर काम गर्नुपर्ने आवश्यकता देखीन्छ । राम्रा कुराहरुमा सवै एक भएर अगाडि वढ्नुपर्दछ ।