देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने

देशान्तर

अङ्कारा । अमेरिका र टर्की बीचको भिषा सम्बन्धि विवाद अन्त्य गर्न दुई देशकाबीचमा छलफल हुनेभएको छ । टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै बार्ता हुन लागेको बिहीबार जानकारी दिए ।

“दुई देशका प्रतिनिधिहरुकाबीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ,” एक टेलिभिजनलाई दिएको अन्तर्बार्तामा उनले भने । गत आइतबार अङ्करामा रहेको अमेरिकी दूताबासले टर्कीलाई कुनैपनि कुटनीतिक सेवा नदिने घोषणा गरेको थियो ।

अमेरिकाको घोषणापछि प्रतिक्रिया स्वरुप टर्कीको दूताबासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ । अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडी सुरक्षा कारण देखाएका छन् । गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको भत्सर्ना गरेको थियो । उनले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पारे ।