देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाम गठबन्धनबाट बाहिरिने डा. भट्टराईको चेतावनी

देशान्तर

काठमाडौं । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराईले बाम गठबन्धनबाट बाहिरिने संकेत गरेका छन । उनले गोरखा क्षेत्र नं २ बाट आफ्नो जित सुनिश्चित नभए बाम गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन ।

भट्टराईले गोरखामा प्रदेश र प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखेपछि भट्टराईले आफ्नो अपमान भएको र समानुपातिक र एवं प्रदेशमा पनि सम्मान जनक सिट दिन नचाहेको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन ।

एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेको उनले माओवादीले रोक्न खोजे उसले यसको ठूलो मुल्य चुकाउनपर्ने गठबन्धनको कार्यदललाई भट्टराईले जानकारी गराएका छन ।

माओवादीले गोरखा २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएपछि भट्टराईने दुबै सिट नछाड्ने दाबी पनि गरेका छन । बाम गठबन्धन अशनर्तगतको कार्यदलको बैठक समेत बहिस्कार गर्दै आएका उनले क गठबन्धनको बैठक समेत बहिस्कार गर्दै आएका छन ।

बाम कार्यदललाई भट्टराईले माओवादीले नमाने पनि गोरखा कुनै हालत नछोड्ने जानकारी गराउदै सम्मानजनक सहमति नभए एक्लै भए पनि अघि बढ्ने चेतावनी दिएका छन । कार्यदलमा नयाँशक्तिले प्रतिनिधिसभातर्फ समानुपातिक र प्रत्यक्ष गरी १५ सिटको अडान राखेको छ ।