काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका नेपाली कांग्रेस नेता जिपछिरिङ लामालाइई पनि फोन आएको थियो । सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।
लामाले भने,
–मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।
–एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।
डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए । (नयाँ पत्रिका)
प्रतिक्रिया