देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन सम्पन्न नभएसम्म माओबादीले सरकार छाड्दैन : अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेनै माओवादी सरकार छोड्ने पक्षमा नरहेको बताएका छन ।

शनिवार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेको प्रति कांग्रेसले असन्तुष्टि जनाएउन अवस्यक नभएको बताए ।

उनले कांग्रेस माओबादी गठबन्धन निर्वाचन सम्पन्न गर्ने समय सम्म भएको भन्दै त्यतिन्जेल सरकारबाट नबाहिरिने जिकिर गरे । यो अभियान नेपालमा एउटै कम्युनिष्ट बनाउने अभियान भएकाले कांग्रेसलाई यसले कुनै बेफाई नहुने दाहालको भनाई छ ।

दाहालले यसले कांग्रेस र सरकारलाई कुनै असर गर्दैन भन्दै आफु सरकार गठन गर्दा भएको सहमति तोडेर निर्वाचन प्रभावित पार्ने पक्षमा नभएको बताए ।

उनले प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने आफु सबै मन्त्री फीर्ता बोलाउन तयार रहेको पनि बताए ।

दाहालले एमाले,नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको जानकारी दिए ।