काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन । उपाध्यायले शुक्रवार परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबाहादुर देउवालाई राजिनामा बुझाएका छन ।
बिहिवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बदलिँदो विश्व परिवेशमा नेपालको कूटनीतिबारे प्रस्तुति दिन नेपाल आएका उनले शुक्रवार अपरान्ह राजिनिामा दिएका हुन । उपाध्यायले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचन चुनाव लड्न राजदूत पदबाट राजीनामा दिएको बताएका छन ।
उनले नेपाल आउनुअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई समेत भटेर र अब आफू राजनितिमा जाने जानकारी गराएका छन ।
परराष्ट्र मन्त्रालयका अनुसार उहाँले आफ्नो कारणसहित राजीनामा मन्त्रालयमा बुझाएका हुन ।
नेपाल र भारतको सम्बन्ध निकै बिग्रेको समयमा उनले भारतमा राजदूतको रपमा रहेर सम्बन्ध सकारात्मक बनाउन काम ठूलो भुमिका निभाएका थिए ।
प्रतिक्रिया