काठमाडौँ । नेपाल–भारतबीचका असमान सन्धिरसम्झौता पुनारालोकनका लागि गठित नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को पाँचौं बैठक शनिवार देखि काठमाडौंमा सुरु हुँदै छ । आइतवार सम्म चल्ने बैठकमा १९५० को सन्धि पुनरालोकणका बिषयमा छलफल हुने भएको छ ।
नेपाली टोलीका संयोजक डा.भेखबहादुर थापाले १९५० को सन्धिमा रहेका विवादित बुँदाका बारेमा एकअर्कामा अध्ययन गर्ने सहमति अनसार शनिवार र आईतबारको बैठकमा पनि यसबारे छलफल हुने देशान्तरलाई बताए ।
अहिलेसम्मका बैठक सकरात्मक भैरहेको बताउँदै थापाले समग्र विषयमा छलफल भइरहेको बताए । बैठकले दुईपक्षीय विविध विषयमा छलफल गर्नेछ ।
अहिले हामीले एजेन्डा यो वा त्यो भन्नुभन्दा पनि समग्र विषयमा छलफल भईरहेका बिषयमा थप छलफल हुने थापाले बताए ।
भारतले भने यस पटकको बैठकमा आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा नियमनमा जोड दिईने भएको छ ।
२०७३ असार दुई बर्षको समय दिएर गठित ईपीजीले थप तीन बैठक गरी आआफ्ना सरकारलाई दिने सुझाव तयार पार्नेछ । तोकिएकै मितिमा काम सक्ने गरि आफुहरुले काम गरिरहेको पनि थापाले जानकारी दिए ।
नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहमा थापा, सूर्यनाथ उपाध्याय, राजन भट्टराई र नीलाम्बर आचार्य छन् । भारतको समूहमा जयन्त प्रसाद, महेन्द्र पी. लामा, भगतसिंह कोस्यारी र बिसी उप्रेती छन् । अस्वस्थताका कारण जयन्त प्रसाद भने बैठकमा उपस्थि नजनाउने बताईएको छ ।
प्रतिक्रिया