देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समितिको बैठक भोली बिहान ८ वजे

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले पछिल्लो राजनीति अवस्थाका बारेमा छलफल गर्नका लागि भोली केन्द्रीय समितिको बैठक बोलाएको छ । पछिल्लो समय बाम शक्तिहरुबीच एकीकरण भएपछि यसको विषयमा पार्टीको रणनीति तय गर्नको लागि शुक्रबार कार्य समिति बैठक बोलाइएको हो । विहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक बोलाइएको पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको आसन्न निर्वाचनको विषयमा छलफल हुनेछ ।

गत मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिपार्टीबीच एकीकरण गर्ने घोषणा भएसँगै उत्पन्न भएको राजनीतिक तरंगकाबीच काँग्रेसले बोलाएको केन्द्रीय कार्यसमिति बैठकलाई महत्वकासाथ हेरिएको छ ।

बैठकमा विशेषगरी यही एकीकरणको विषयसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरुको टिकटको विषयमा पनि छलफल गरिने भएको छ । त्यस्तै, चुनावमा बामपन्थी बाहेक शक्तीसंगको सहकार्य तथा एमाले माओवादी गठबन्धनमा नसमेटिएका बामपन्थी शक्तीहरुसंग कसरी सहकार्य गर्ने भन्ने बिषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।