देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन दशकदेखि कांग्रेसले गर्दै आएको चियापान निर्वाचन आयोगका कारण यो वर्ष हुन सकेन

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई यस वर्ष जिल्ला र क्षेत्रमा विस्तार गर्ने निर्णय गरेको छ । संघ र प्रदेशको निर्वाचनका कारण निर्वाचन आयोगले चियापान नगर्न भनेपछि कांग्रेस जिल्ला र क्षेत्रमा निर्वाचन उत्सवका रुपमा चियापान गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले कोजाग्रज पुर्णीमाका दिनमा बिगत तीन दशकदेखि गर्दै आएको चियापान कार्यक्रमलाई भोज भतेरसंग तुलना गर्दै नगर्ने उर्दी जारी गरेको थियो ।

आगामी मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमा नेता तथा कार्यकर्ता सम्बन्धित क्षेत्रमै क्रियाशील रहनुपर्ने तथा निर्वाचन आयोगको समेत नगर्ने निर्देशन भएका कराण पार्टी केन्द्रीय कार्यालय आयोजना हुँदै आएको शुभकामना आदान–प्रदान कार्यक्रमलाई यस पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने निर्णय भएको पार्टी कार्यालका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन् ।

नेकाका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रवासबाट २०३३ सालमा स्वदेश फर्केपछि दशैँको कोजाग्रत पूर्णिमाका दिन चियापानका नाममा शुभकामना आदान–प्रदान कार्यक्रम आरम्भ गरेका थिए । वीपी कोइरालाको निधनपछि गणेशमान सिंहले र गणेशमानको निधनपछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले निरन्तरता दिदै आएका थिए । गिरिजाप्रसादको निधनपछि सुशील कोइरालाले निरन्तरता दिदै आएका थिए । अघिल्लो वर्ष सुशील कोइरालाको निधनका कारण पार्टी शोकमा रहेको भन्दै स्थागित गरिएको थियो ।