देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेतृत्वमा बन्ने भयो लोकतान्त्रिक गठबन्धन, बन्यो संयुक्त कार्यदल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको पहलमा सुरु भएको लोकतान्त्रिक गठबन्धनलाई सार्थक बनाउन कार्यदल गठन भएको छ। नेपाली कांग्रेसको अगुवाइमा लोकतान्त्रिक बृहत् मोर्चा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले यस्तो निर्णय गरेको हो। आगामी चुनावमा लोकतान्त्रिक शक्तिबीच तालमेल गरेर जाने निर्णय गरे लगत्तै कांग्रेसले राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग संयुक्त वार्ता गरी कार्यदल गठन गरेको हो।

बैठकमा कांग्रेसका शीर्ष नेताहरुसहित राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, दुवै राप्रपाका कमल थापा र पशुपति शमशेर राणा, संघीय समाजवादी फोरमका उपेन्द्र यादव, फरम लोकतान्त्रिकका विजय गच्छदार लगायतका नेता सहभागी थिए। साँझ साढे ४ बजेदेखि करिब ४ घन्टा बसेको ६ दलको बैठकले प्रजातान्त्रिक शक्तिहरुबीच तालमले गरी अघि बढ्न कांग्रेसबाट २ जना र अरु पाँच पार्टीबाट एक-एक जना सदस्य रहनेगरी कार्यदल गठन गरिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

बैठकले एमाले, माओवादी र नयाँ शक्तिबीच भएको वाम एकतालाई अप्राकृित भनेको छ। बैठकपछि प्रधानमन्त्री एवं कांग्रेस सभापित देउवाको भनाइ उदृत गर्दै पर्यटन मन्त्री एवं फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भने, ‘एमाले र माओवादी गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमै नुहने आशंका उब्जिए पनि चुनाव भने समयमै हुन्छ।’ देउवाले वाम एकताको प्रतिक्रिया स्वरुप प्रजातान्त्रिक शक्तिबीच एकता हुन लागेको नभई यो अभियान दीर्घकालीन उद्देश्यले थालिएको बताएको देवले जानकारी दिए।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यव्यवस्था समिति बैठकले छरिएर रहेका लोकतान्त्रिक शक्तिहरुलाई एकीकरण गरेर लैजाने निर्णय गरेको थियो।