देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं क्षेत्र नं २ बाट प्रदेश र प्रतिनीधिसभाका उम्मेदवारको सिफारिस

देशान्तर

काठमाडौ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा क्षेत्र को निर्वाचनका लागि लोकेश ढकाल, दीपकप्रसाद कुइँकेल र उपेन्द्र कार्कीको सिफारिस गरेको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ क्षेत्रीय समितिले समानुपातिक तर्फ प्रतिमा गौतम र लक्ष्मी थापालाई सिफारिस गरेको हो ।

उक्त बैठकले प्रदेश क्षेत्र तर्फ क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ अर्जुन पराजुली र भीमार्जुन आचार्यको नाम सिफारिस गरेको छ भने प्रदेश क्षेत्र नं २ तर्फ प्रत्यक्षमा मनहरी खड्का र लभराम दाहालको नाम सिफारिस गरेको छ।

सोहि बैठकले प्रदेस क्षेत्रका समानुपातिक तर्फ क्षेत्र १ मा करिव १५ जना र क्षेत्र २ मा करिव २० जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ श्रोतले बतायो ।