काठमाडौं । रौतहटमा एकजनाको गोली हानी हत्या भएको छ । स्थानीय तहको निर्वाचनमा रौतहट परोहा नगरपालिका वडा नम्बर २ का वडाध्यक्षका प्रत्यासी कांग्रेस नेता शेराजुदिनका छोरा शेख अब्बु सोहेबको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको आगनमा सुतिरहेको बेला बिहान ४ बजे उनलाई गोली हानिएको थियो । उपचारका लागि गौर ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएका छन् । उनको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।
उक्त वडामा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार बिहान घरमा सुतिरहेका सोहेबलाई गोली हानीएको थियो । न्यौपानेले घरको आगनमा ७ जना सुतिरहेको भए पनि सोहेबलाई मात्रै गोली हानिएको पाइएको बताए ।
चुनावको रिसिइबी हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया