काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाह लगायत नेपालका पूर्वजहरुले अंगिकार गरेका राम्रा नीतिहरुलाई आत्मसाथ गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान कार्यान्वयनमा लान राजनीतिक दलहरुलाई सुझाव दिएकी छन्।
चन्द्रागिरि हिल्स परिसरमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले नेपाल एकिकरणका बखत लिएका केहि नीतिहरु अहिलेको संबिधानले कार्यान्वयन गर्न आवश्यक भएको उनले बताईन ।
भण्डारीले पृथ्बी नारायण शाहको कालखण्ड र संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको कालखण्ड फरक भएपनि भाषा,जाती र धर्मलाई शाहको नितिले नेपाललाई एकतामा बाँधेको बताईन । उनले समय र जनताको माग अनुसरा संघिय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रबेस गरेपनि सबै बिषयमा समानुपातिक र समान सहभागिताको बिषय कायमै रहेकाले नेपालमा सबै नेपालीको समान अधिकार छ भन्ने अनुभूति हुनेगरी आवस्यकता अनुसार अनुशरण गर्न राजनितिक दलहरुलाई आग्रह पनि गरेकी छन ।
भण्डारीले चन्द्रागिरि हिल्सलाई पृथ्बीनारायण शाह भन्दा पनि अगाडिको ईतिहांसलाई जिवन्त दिन सुझाव दिईन । उनले नेपालमा आर्य वंशका शिवले किँरात वंशकी पार्वतीसंग बिवाह गरेर आदिम काल देखिनै नेपालमा अन्र्तरजातीय बिवाह थियो भन्ने कुराको पुष्टि गरेकाले अब जात र जातीका बिषयमा संबिधानले भेदभाव गर्न नहुने बताई ।
भण्डारीले चन्द्रगिरि हिल्सले धार्मीक आधारमा यस क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न चाहेकाले धर्म, भाषा र जाती बिशेषमा बनेको नेपालको एकता कायम राख्ने गरी थप बिकास गर्न सुझव दिईन ।
उनले बाईसे र चौबिसे राज्यका रुपमा टुक्रिएका साना राज्यहरुलाई पृथ्बी नारायण शाहले एकिकरणगर्न तत्कालिन आवस्यकता भएको भन्दै अहिलेको अवस्यकता अनुसार धेरै प्रसंग नमिल्ने पनि बताई ।
राष्ट्रपति भण्डारीले देशमा घुस निले र दिने राष्ट्र सत्रुहुन भन्ने बृथ्बीनारायणशाहको उपदेशलाई कार्यन्वयन गर्न राजनितिकदलहरुलाई सुझाव पनि दिईन । उनेले देशको बिकासका लागि आयात घटाएर निर्यात बढाउन र कुटनितिक सफलता बिना राज्यको उन्नती हुदैन भन्ने पृथ्बीनारायण शाहको उपदेशलाई आत्मसाथ गर्नुपर्ने बताईन । चन्द्रगिरि हिल्सले अबको केशि समय भित्रनै चन्दागिरि हिल्सलाई अन्र्तराष्ट्रिय स्तरको पर्यटक क्षेत्र बनाउने तयारी भईरहेको राष्ट्रपति भण्डारीलाई अवगत पनि गराएको छ ।
प्रतिक्रिया