देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर कांग्रेसमा प्रदेश र प्रतिनिधिसभाका आकांक्षीहरू

देशान्तर

ललितपुर । आउँदो मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताहरू आफ्नो नाममा टिकट हत्याउन तँछाडमँछाड गर्दै गरेको समयमा ललितपुर कांग्रेसमा पनि राजनीतिक गरमागर्मी ह्वात्तै बढेको छ । जिल्ला नेताहरू शीर्ष नेताहरूको घरदैलोमा भीड लाग्ने क्रम बढेको छ । ललितपुर जिल्लामा पनि यही मंसिर २१ गते हुने निर्वाचनका लागि प्रदेशसभा र प्रतिनिधिसभाको टिकट हत्याउन ललितपुरका कांग्रेसी नेताहरू चाडवाड नभनी लागिपरेका छन् ।

ललितपुरमा प्रतिनिधिसभाका लागि तीनवटा निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि नौ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभामा क्षेत्र नं. १ बाट सांसदमा विजयी बनेका अर्थराज्यमन्त्री उदयशमशेर राणा र मथुराप्रसाद घिमिरेबीच टिकटका लागि प्रतिस्पर्धा रहेको छ । त्यसैगरी क्षेत्र नं. २ मा सांसद चन्द्र महर्जन, बाबुराजा चित्रकार र रामकृष्ण चित्रकारका बीचमा प्रतिस्पर्धा देखिएको छ । अर्को क्षेत्र नं. ३ मा पुराना नेता ओमकार श्रेष्ठ, ललितपुर जिल्लाका पार्टी सभापति मदनबहादुर अमात्य र जिल्ला सभापतिका प्रत्याशी जितेन्द्र श्रेष्ठका बीचमा प्रतिस्पर्धा देखिएको छ ।
त्यसैगरी, ललितपुर क्षेत्र नं. १ को (क) प्रदेश सभामा लामो समय पार्टीका विभिन्न पदहरूमा बसी पार्टी सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै दुई पटक गाविस अध्यक्षसमेत भइसकेका ऋषिराम घिमिरेको नाम चर्चामा छ । तामाङ संघका अध्यक्ष रहेका कबेलबहादुर तामाङका बीचमा प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै, क्षेत्र नंं. १ को (ख) प्रदेश सभामा नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जन र पुरुषोत्तम सिलवालको नाम यतिबेला निकै चर्चामा छ ।
त्यसैगरी, क्षेत्र नं. २ (क) को प्रदेश सभामा पवनविक्रम थापा, गणेश सिलवाल, शान्ति महर्जन र फरिन्दा महर्जनको नाम चर्चा चलेको छ भने क्षेत्र नं. २ (ख) मा प्रेमकृष्ण महर्जन, महेन्द्रदेव सिंह, भगवती शाही र गणेश सिलवालको नाम चर्चामा छ । त्यस्तै, क्षेत्र नं. ३ (क) मा धन कपुर, महेश्वर थापा, उर्मिला केसी, धना खतिवडा, चक्र महर्जन, गोकुल खड्का, जितजंग बस्नेतको नाम चर्चामा छ भने क्षेत्र नं. ३ (ख) मा भरतलाल न्याछ्यो, प्रमोद शर्मा, विजया केसीको नाम चर्चामा छ । तर ललितपुर महानगरपालिकाका सबै वडाबाट महानगरपालिकाको मेयरका लागि नाम सिफारिस भएको तर अन्तिम समयमा आएर उम्मेदवार बन्नबाट रोकेका कारण भरतलालको सम्भावना बढी भएको बताइएको छ । उनी पुराना र कहिल्यै पदमा नपुगेका कांग्रेस कार्यकर्ता मानिन्छन् ।