देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा ६१ जना तालिवान लडाकू मारिए

देशान्तर

काबुल : अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ । मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू ५२ जना घाइते भएका छन् ।

गत चौबिस घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।

“राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाई कारबाही र १४ प्रान्तमा दश वटा विषेश सुरक्षा कारबाही चलाएका थिए । ती कारबाहीहरूमा परी ६१ जना मारिएका छन्” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मारिनेमध्ये आठ जना तालिवान कमाण्डर, १२ जना हक्वानी नेटवर्क र ९ जना इस्लामिक स्टेट आईएसका लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले ५२ जना लडाकू घाइते भएका र दुई जनालाई पक्राउ गरिएको पनि बुधबार बताएको छ ।