देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहको तेस्रो चरण निर्वाचनमा ७७ प्रतिशत मत खस्योः आयोग

देशान्तर

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)मा प्राप्त विवरण अनुसार रौतहट र पर्सामा सबैभन्दा बढी मतदान भएको छ ।

रौतहटमा ८०. ४ प्रतिशत, पर्सामा ८०.१ प्रतिशत, बारामा ७९.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, सप्तरीमा ७६.४ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत र महोतरीमा ७३.३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।