काठमाडौं । नेपाली काँग्रेसकोे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ । हिजोदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको बैठकमा आज आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकालागि उम्मेदवार छनोटको मापदण्ड टुंगो लगाउने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि हिजोको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारी र उम्मेदवारको मापदण्डबारे व्यापक छलफल भएपनि आजको बैठकले मात्र टुंगो लगाउने पौडेलले जानकारी दिए । बैठकमा उम्मेदवारका आकांक्षीको नाम कसरी टुङ्ग्याउने भन्नेबारे नेताहरुबीच गहन छलफल भएको थियो । निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको सिफारिस गर्ने निकायका सम्बन्धमापनि आज टुंगो लगाइने काँग्रेसले जनाएको छ ।
यसैबीच, काँग्रेसले नेता महेश आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । समिति गठनलगायत गरेको निर्णय आज सार्वजनिक गरिने मुख्यसचिव पौडेलले बताए ।
प्रतिक्रिया