देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लौह पुरुष गणेशमान सिंहको २० औं स्मृति दिवस मनाइदै

देशान्तर

काठमाडौं । आज २०४६ सालको आन्दोलनका कमाण्डर तथा सर्बोच्च नेता गणेशमान सिंहको २० औं स्मृति दिवस । गणेशमान सिंहको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र कांग्रेसका भ्रातृ संघ संस्थाहरुकाले विभिन्न कार्यक्रम गरि मनाइउदैछन् ।१९७२ सालमा जन्मिएका कांग्रेसका संस्थापक नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

लौहपुरुषका नामले समेत परिचित सिंहले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गरेका थिए । राणाशासनको बेलामा जेलबाट भागेर भारत पुगी बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका सिंह कांग्रेसले लिएका हरेक कदममा बीपीसँगै थिए ।

राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म सिंह–बीपीसँगसँगै रहे । उनले २०४६ सालको आन्दोलनको नेतृत्व गरेका थिए ।

राजधानीस्थित शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने साँझ नेपाल विद्यार्थी संघको आयोजनामा रत्नपार्कस्थित शाान्ति बाटिकामा दीप प्रज्वलनको कार्यक्रम रहेको छ ।