सबै पार्टी त्यस्तै छ । नेकपा एमालेको सिद्धान्त के हो ? बहुदलीय जनवाद । बहुदल र जनवाद एकैसाथ हिँड्न सक्ने सिद्धान्त हुन् । अर्को भनेको एमालेले २० वर्षसम्म संसदीय अभ्यास ग¥यो । त्यो अभ्यासबाट पछि हटेर अहिले संसदीय प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको वकालत गर्न थालेको छ । ऊ कुन सिद्धान्तमा अडिग रहेको पार्टी हो । अर्को माओवादी संविधानमा संसदीय व्यवस्थामा हस्ताक्षर गर्ने अनि अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्ने यो कहाँको सिद्धान्त हो ।
नेपाली कांग्रेले दुई नम्बर प्रदेशका आठ जिल्लामा नै आमसभा ग¥यो कस्तो छ कांग्रेसको अवस्था ?
दुई नम्बर प्रदेशमा नेपाली कांग्रेको राजनीतिक अवस्था अरू पार्टीको तुलनामा धेरै राम्रो रहेको छ । कांग्रेसको हरेक जनताकोमा सधैं पुगेको पार्टी हो । पहिलेदेखि नै कांग्रेसको अवस्था मधेसमा राम्रो छ । अझ पछिल्लो समयमा हामीले आमसभा सक्दै गर्दा संगठन अझै बलियो बन्दै गएको पाएका छौ । कांग्रसको जनाधारमा पनि बलियो हँुदै गएको छ । कांग्रेसको पक्षमा यहा“को जनमतमा राम्रो प्रभाव परेको छ । कांग्रेसको जन्म नै मधेसमा भएको हो । गाउँसभा, नगरसभा, कोणसभा गरेका छौं । स्थानीय तहमै पुगेर हामीले जनतालाई पाटीको नीति, पार्टीको दृष्टिकोण बारेमा बुझायौं । जनताबाट हामीले धेरै राम्रो रेस्पोन्स पाएका छौं । जनमत कांग्रेसको विपरीत छैन । कांग्रेसको पक्षमा जनता सक्रिय छन् । संगठनात्मक कार्यशैली, उम्मेदवारी चयनलगायत कतिपय कुराहरूमा कार्यकर्ताहरूमा सामान्यरूपमा असन्तुष्टि आउनु स्वाभाविक देखिन्छ । पार्टीप्रति निष्ठा राख्दै आएका कार्यकर्ताहरू मधेस अन्दोलन हुँदा पनि नेपाली कांग्रेसबाट विचलित भएर हाम्रा कार्यकर्ता यताउता लागेनन् । माओवादीको द्वन्द्वमा पनि हाम्रा कार्यकर्ता यताउता लागेनन् । ज्यान जोखिममा राखेर पार्टीको निष्ठामा अडिग रहे । त्यस्ता कार्यकर्ता तराई, मधेसमा भएका कारणले पनि कांग्रेसलाई राम्रो आधार छ । पछिल्लो समयमा धेरै पार्टी थपिएका छन्, विभाजित भएका छन् त्यसका बाबजुत पनि कांग्रेस आफ्नो ठाउँमा सक्रिय छ । कांग्रेसका कार्यकर्ता पार्टीको पक्षमा डटेर लागिरहेका छन् ।
मधेसलाई कांग्रेसले आफ्नो आधारभूमि भन्दै आएको छ, तर कांग्रेसको मत हेर्ने हो भने, २००७ सालको आन्दोलनमा सिंगो मधेस कांग्रेसको साथमा थियो, २०४६ सालमा थियो, तर जति पछि आयो घट्दो क्रममा छ यसको कारण के हो जस्तो लाग्छ ?
नेपाली कांग्रेसले आन्तरिक व्यवस्थापन गर्न नसक्दा अलिकति मत घट्यो भन्ने कुराको विश्लेषण हुँदै छ । तर यो चुनावको मुखमा त्यो विश्लेषण गर्ने बेला होइन । अहिले कार्यकर्ताहरूलाई चुनावमा, पार्टीको पक्षमा केन्द्रित गर्ने र उत्साहित गर्ने समय हो यो । कता के भयो भन्ने कुरा गर्नु पार्टी, पार्टीका कार्यकर्ता, पार्टीको जिम्मेवारी पार्टीको पक्षमा छ । त्यो विपरीत पार्टीलाई अल्मल्याउने हुन सक्छ त्यो स्वाभाविक । तर जुन मूल जनआधार कांग्रेसको हो त्यो आफ्नो ठाउँमा अटल छ । संविधान आएपछि हाम्रो पार्टीको मूल कार्यनीति उद्देश्य नै स्थिरता कायम गर्ने । देशमा सुशासन कायम गर्ने । देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने । समृद्धिको बाटोमा देशलाई अगाडि बढाउन कांग्रेसले आफ्नो कार्यक्रमहरू, दृष्टिकोणहरू प्रष्टरूपमा राखेको छ । पूर्वाधारहरू अहिले राम्रोसँग बनेका छैनन् । गाउँगाउँमा पूर्वाधारहरू खडा हुनु जरुरी छ । सडक सञ्जालको राम्रो व्यवस्था हुन सकेको छैन । यसै गरेर अन्य पूर्वाधारहरू पनि अझै राम्रोसँग दिन सकिएको छैन । त्यसकारण अब सबै पूर्वाधार सँगसँगै नयाँ प्रविधि ल्याएर कृषि क्रान्ति गर्न चाहन्छौं । यस्तै जनकपुरजस्तो ठूलो धार्मिक क्षेत्रमा पनि महत्वपूर्ण पर्यटकीय स्थलहरू छन् हामी यसको विकास गर्न चाहन्छौं । त्यस ैगरेर तराईको औद्योगिक व्यवसाय र कृषि क्षेत्रको विकास गरेर यहाँ रोजगारको अवसर सिर्जना गर्न चाहन्छौं । नेपाली कांग्रेसले मधेसको समस्या, मधेसका जनताको समस्यालाई गम्भीरतापूर्वक ढंगमा राखेर मधेसका किसानलाई आधुनिक किसान बनाउन चाहन्छौं । सँगसँगै यहाँको व्यापार व्यवसायलाई अगाडि बढाउन चाहन्छौ । यातायातहरू, रेल्वेहरू विभिन्न किसिमका सञ्चार क्षेत्रको विकास गरेर औद्योगिक गतिविधि गरी अघि बढाउने योजनामा छौं । प्रदेशलाई कसरी समृद्ध, सम्मुन्नत गराउन सकिन्छ र यहाँका जीवनलाई कसरी सजिलो बनाउन सकिन्छ हामी त्यो गर्दैछौं । र बढीले पनि धेरै ठूलो क्षति पु¥याएको छ, यसलाई पनि ध्यानमा राखेर बस्ती सुधार गर्नु जरुरी छ तराईमा । सडक सञ्जालसँगसँगै तराईमा बस्ती सुधार गरेर यहाँका पिछडिएका, तल्लो तहका, कमजोर वर्गहरूलाई पनि सुरक्षित, व्यवस्थित बस्तीमा रूपान्तरण गर्न योजनाबद्ध रूपमा हामी जान चाहन्छौं ।
कांग्रेसले संविधान पछाडि समृद्धिको नारा बनाएको छ, मधेस समृद्ध बनाउन के–के गर्नुपर्छ ?
संविधान बनिसकेपछि राजनीतिक स्थिरता कायम गर्ने हो । २०४६ सालपछि धेरै कामहरू मधेसमा नेपाली कांग्रेसले गरेको छ । विकासका कामहरूलाई अल्मल्याएको, अप्ठ्यारो पारेको देखिएको छ तर पनि हामीले मधेसमा हुलाकी सडकदेखि लिएर स्वास्थ्य, शिक्षा, कृषि तथा मल बनाउनेदेखि लिएर धेरै कुराहरू तराई मधेसमा गरेका छांै । सिँचाइमा सप्तरीदेखि सँगैका जिल्लाहरूमा हराभरा बनाउने योजनामा छौं । यसका लागि कमला सुनकोसी डाइभर्सनको काम भइरहेको छ ।
मधेसमा देखिएका सामाजिक विकृतिका कुराहरू छन् यिनलाई रोक्न राजनीतिक तहबाट नेतृत्व लिने हो भने सहज हुन्थ्यो होला यो किन भइरहेको छैन ?
राजनीतिक चेतना अगाडि आइरहेको छ । अहिले पुराना कुरीतिहरू बिस्तारै हटाउँदै लगिराखेका छौं । राजनीतिक चेतना बढ्दै जान्छ तब राम्रा कराहरूको सिर्जना हुँदै जान्छ । दाइजो प्रथा बिस्तारै हटाउदै छ । त्यसलाई चुनाव सकिएपछि सामाजिक आन्दोलनको रूप दिएर सचेतना कार्यक्रम सञ्चालन गर्छांै ।
तपाईंहरूले भन्दै आउनुभयो राजनीतिक मुद्दा टुंगियो, राजनीति स्थिरताको बाटोमा गयो भनेर तर एउटा मुद्दा फेरि बहसमा आएको छ प्रत्यक्ष निर्वाचित यसले मुद्दा टुंगेको देखाउँदैन, बहस त जारी राखेको छ नि ?
जनप्रतिनिधि चुनेर पठाउँछन् संसद्मा तिनको नियन्त्रणमा सत्ता हुनुप¥यो । तिनको नियन्त्रणभन्दा बाहिर सत्ता लगेर समावेशितालई खोक्रो बनाउँदै माओवादी र एमालेले षड्यन्त्र गर्न खोजेका छन् । अहिले पनि राजनीतिक व्यवस्थाको टुंगो लागेर केही वर्षअघि राजनीतिक विवादलाई तोडेर अब देश बनाउने काम गरौंं भन्ने सोच यिनीहरूको छैन । समस्या निकालेर अस्थिर गराइराख्ने देशलाई, देशको संविधानलाई प्रश्न उठाइराख्ने फेरि व्यवस्थाकै विवाद बढाइराख्ने देशलाई अलमलमा पारेर देशलाई बिगार्न अब पाउँदैनन् । संविधानमा संसदीय प्रणाली हामील स्वीकार गरी सक्यौं अब संसदीय बहुदलीय लोकतान्त्रिक छौं हामी । यही नै हो नेपालको बाटो, यही बाटो २००७ सालदेखि लिएका थियौं । उहाँहरूमा देश विकास गर्ने अटल निष्ठाको कमी भएको हो । अब उहाँहरूले अनावश्यक कुराहरूमा विवाद बनाइराख्नु हुँदैन अब यही प्रणालीले देशको विकास गर्छ । संसदीय व्यवस्थामा हस्ताक्षर गरिसकेको अवस्थामा अब फेरि राजनीतिक मुद्दामा बहस जारी राख्नु भनेको राजनीतिलाई स्थिर बन्न नदिनु हो । छिनछिनमा सिद्धान्त आदर्श बदल्ने पार्टीहरूले मुलुक बदल्न सक्दैनन् भन्ने हो ।
जस्तो छिनछिनमा सिद्धान्त बदल्ने पार्टी भन्नुभयो कस्लाई भन्नुभएको ?
सबै पार्टी त्यस्तै छ । नेकपा एमालेको सिद्धान्त के हो ? बहुदलीय जनवाद । बहुदल र जनवाद एकैसाथ हिँड्न सक्ने सिद्धान्त हुन् । अर्को भनेको एमालेले २० वर्षसम्म संसदीय अभ्यास ग¥यो । त्यो अभ्यासबाट पछि हटेर अहिले संसदीय प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको वकालत गर्न थालेको छ । ऊ कुन सिद्धान्तमा अडिग रहेको पार्टी हो । अर्को माओवादी संविधानमा संसदीय व्यवस्थामा हस्ताक्षर गर्ने अनि अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्ने यो कहाँको सिद्धान्त हो । त्यसैगरी मधेसी दलको सिद्धान्त के हो क्षेत्रीयतामात्रै हो । यही कुरा भन्न लागेको हो ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हँुदै छ त्यस पछाडि पनि अहिले फेल भएको संविधान संशोधन त्यो फेरि पास गराउन कांग्रेस तयार छ ?
औचित्य हेरेर अहिले संवेदनशील मुद्दाहरू छन् तिनलाई प्रष्ट गरेर संविधान स्कीकार्य गराउने पक्षमा हामी छौं । संविधान कुनै रामायण होइन । एकपटक लेखेपछि अर्को पनि कुनै सुधार नै गर्न नहुने कुनै बाइबल होइन । फेरि चलाउनै नहुने, कुनै कुरान पनि होइन जे लेख्यो त्यो सधैं त्यही हुने । मुलुकको संविधान कानुन त बदिलिन्छ । समयअनुसार परिवर्तन हुन्छ । जडसूत्र जस्तो संविधान बन्यो भने त फेल हुन्छ । संशोधनका लागि सधैं ढोका खुल्ला राख्न सक्यो भने मात्र सफल हुन्छ । आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । संसद्मा फेल भएको संशोधन आवश्यक भए फेरि संशोधन हुन सक्छ ।
प्रतिक्रिया