काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्यकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए ।
केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबर नोट साट्न पाइने छ ।
यसैगरी नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको निरौलाले जानकारी दिए ।
प्रतिक्रिया