काठमाडौं । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।
यसबारे अमेरिकी विदेश मन्त्रालयमा बिहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।
अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीक्षा भई यसमा हस्ताक्षर हुन लागेको हो ।
सहयोग रकमबाट करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत लाईन निर्माण गरिनेछ । (कान्तिपुर दैनिक)
प्रतिक्रिया