काठमाडौं । सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले प्रदेश नम्बर २ का ८ जिल्लामा पाँच दिन भदौ ३० देखि असोज ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय चुनाव हुँदैछ ।
प्रतिक्रिया