सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहाडको भन्दा मधेशको चुनाव बढी खर्चिलो हुने देखिएको बताएका छन् । सोमबार सिन्धुलीमा पत्रकारहरुसँंग कुरागर्दै उनले यसअघि सम्पन्न दुइ चुनावभन्दा प्रदेश नम्बर २ को चुनावमा दलहरुले बढी रकम खर्च गर्ने अवस्था देखिएको बताएका हुन् ।
अध्यक्ष दाहालले मधेशका मतदातामा कसले बढी खर्च गर्छ र कुन उमेद्वारले के खुवाउँछ भन्ने होडवाजी चलेको बताए । यसले गर्दा उचित उम्मेदवार छनोट गर्न मतदातामा समस्या देखिएको उनको भनाइ छ ।
चुनावमा खुवाउन खर्च गर्ने उम्मेदवार भन्दा पनि आफ्नो गाउँको विकास गर्न सक्नेलाई मत दिन दाहालले मतदातालाई आग्रह पनि गरे । यस्तै उनले मधेसको चुनावमा माओवादी अन्य पार्टीभन्दा कम नहुने दाबी पनि गरे ।
प्रतिक्रिया