देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा(प्रजातान्त्रिक)बाट तीन मन्त्रीले सपथ लिएपछि मन्त्रीमण्डलको संख्या ५४ पुग्यो

देशान्तर

 

काठमाण्डौं । सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार तीनमन्त्री र एकराज्यमन्त्री थपेर मन्त्रीमण्डल पुर्नगठन गरेका छन ।

यस अघि राज्यमन्त्री थपेर ५१ सदस्यीय मन्त्रिमण्डल बनाएका प्रधानमन्त्री देउवाले सोमवार चार मन्त्री थपेर ५४ सदस्यीय मन्त्रीमण्डल बनाएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट मन्त्रिमण्डलमा विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापा सहभागि भएका छन् भने रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका छन ।

मन्त्रिमण्डल जम्बो भएको भन्दै यतिबेला प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भइरहेको छ।