काठमाडौं । प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु आज सोमवार देखि मधेश झरेका छन ।
मधेशका आठ जिल्लामा आसोज २ गते हुने चुनावी अभियान संचालनका लागि कांग्रेसका शीर्ष नेताहरु मधेश झरेका हुन ।
नेपाली काग्रेंसको प्रचार अभियानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाअध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधि लगायतका शीर्ष नेताहरु प्रदेश नम्बर २ मा खटिएका छन ।
बरिष्ठ नेता पौडेल सोमवार बिहान वीपी राजमार्ग हुँदै तराई पुगेका छन । महामन्त्री डा संशाक कोइराला पनि सोमवार नै सिमरा हुँदै मधेशको चुनावी सभामा सहभागी भएका छन ।
कांग्रेस नेता डा शेखर कोइराला विराटनगर हुँदै सिरहा र सप्तरीको चुनावी दौडाहमा रहेका छन । कोईराला सप्तरीका बिभिन्न स्थानीय तहका उम्मेदवारहरुको प्रचारमा सहभागी भएका छन ।
नेतृ सुजाता कोइराला विराटनगर हुँदै सिराहा र सप्तरीको चुनावी सभामा सहभागि हुने कार्यक्रम रहेको छ । अर्का नेता बिमलेन्द्र नीधि शनिवार नै बर्दिवास हुँदै गृहजिल्ला जनकपुर पुगेका छन ।
उनी मधेशका सवै जिल्लाको चुनावी अभियानमा सहभागि हुने कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ ।
२८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्नेछन् । ३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री शेरबाहादुर देउवाले भोली मंगलवार देखि दुई नम्बर प्रदेशका आठ वटै जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया