देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीलाई घात गर्ने रौतहटका एक दर्जन काँग्रेसका नेता पार्टीबाट निष्कासित

देशान्तर

रौतहट। स्थानिय तहको चुनावमा पार्टीका उमदेवारलाई असहयोग गरेका अन्य पार्टीका तर्फबाट उमेद्वार बनेका र पार्टीका उमेद्वार विरुद्ध षडयन्त्रमा सहभागि भएका करिव १ दर्जन जिल्लास्तरिय नेतालाई नेपाली काँग्रेस रौतहटले कार्वाही गरेको छ। विभिन्न नगरपालिका र गाउँपालिकामा पार्टीका उमेद्वारलाई असहयोग गरेका र अन्य पार्टीको तर्फबाट उमेद्वार बनेका करिव आधा दर्जन महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी कार्वाहीमा परेका छन्। त्यसैगरि जिल्ला समिति र नगर समितिमा रहेकाहरु पनि कार्वाहीमा परेका छन्।

नेपाली काँग्रेसले देवहीवुनाही नगरपालिकाका महासमिति सदस्य कौशल्यादेवी यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ। अन्य पार्टीका तर्फबाट उपमेयरको उमेद्वार बनेपछि पार्टीले उनलाई कार्वाही गरेको हो। त्यसैगरि महासमिति सदस्य कपिलदेव यादवलाई पनि काँग्रेसले कार्वाही गरेको छ। कौशल्यादेवीलाई अर्को पार्टीको उमेद्वार बनाउन उनकै प्रमुख भुमिका रहेको ठहरका साथ कार्वाही गरिएको पार्टी सभापति कृष्णा यादवले जानकारी दिए।

गढीमाई नगरपालिकाका महासमिति सदस्य मोहम्मद अब्बुल कलाम आजाद (शेख फुलबाबु)लाई पनि पार्टीको साधारण सदस्यता नरहने गरि काँग्रेसले निष्कासन गरेको छ। आजादले पनि पार्टी हित विरुद्ध गई अन्य पार्टीबाट मेयरको उमेद्वार भएपछि उनलाई पनि पार्टीबाट निस्कासन गरिएको रौतहट काँग्रेस सभापति यादवले बताए। सोहि नगरपालिकाका वडा इकाई तहमा अध्यक्ष रहेका हरिकिशोर साहलाई रौतहट काँग्रेसले कार्वाही गरेको छ। उनले पनि पार्टी हित विपरित गई गढीमाई नगरपालिकाको वडाअध्यक्षमा उमेद्वार भएका थिए।

गौर नगरपालिकाको नगर सभापति रहेका अवध किशोर साहलाई पनि काँग्रेसले पार्टीबाट निस्कासन गरेको छ। उनले पार्टीका उमेद्वारलाई असहयोग हुनेगरि उपमेयरमा उमेद्वारी दिएका थिए।

गरुढा नगरपालिकामा रहेका महासमिति सदस्य इन्दुराय यादवलाई पनि पार्टीका उमेद्वारलाई असहयोग हुने गरि अन्य पार्टीबाट मेयर पदको उमेद्वार भएका कारण पार्टीबाट निस्कासन गरिएको सभापति यादवले जानकारी दिए।

कटरिया नगरपालिकाबाट प्रतिनिधित्व गर्ने काँग्रेस महाधिवेशन प्रतिनिधी राकेश गिरी, क्षेत्र नम्वर ५का क्षेत्रीय सचिव संजय मिश्रा र जिल्ला सदस्य कुन्दन कुशवाहलाई पार्टी हित विपरित हुनेगरि अन्य पार्टीलाई सहयोग गरेका कारण पार्टीबाट निस्कासन गरिएको सभापति यादवले बताए।

रौतहट काँग्रेसले पार्टीका सबै कार्यकर्ताहरुलाई पार्टी हितलाई मध्यनजर गर्दै पार्टीका उमेद्वारहरुलाई जीताउनेतर्फ सक्रिया भएर लाग्न आग्रह गरेको छ।