देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा (प्रजातान्त्रिक)बाट थपिए तीन मन्त्री, देउवाले तोडे आफ्नै रेकर्ड !

देशान्तर

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्री र राज्यमन्त्री नियुक्तिको जानकारी प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा दिइसकेका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्री सपथ भने भोलि मात्र हुनेछ । राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीको पठाएको छ ।

राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुनेछन् ।रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । राप्रपा प्रजातान्त्रिकले थप राज्यमन्त्री र सहायकमन्त्री पनि मागेको थियो । तर, प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ । ‘भोलि विहान ११ बजे सपथ तय भएको छ,’ उनले भने । भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ ।

यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हुनेछ । यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको छ, जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले भोली राप्रपा प्रजातान्त्रिकका तीनजनालाई समेटेर पाँचौ पटक मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन्। देउवाले भोली राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउन लागेका हुन् । व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ ।

उनिहरुलाई सोमबार ११ बजे राष्ट्रपति कार्यलयमा सपथ खुवाउने तयारी भएको छ । योसँगै देउवाको मन्त्रिमण्डल ५३ सदस्यीय हुने भएको छ । २०७४ जेठ २४ गते देउवा नेतृत्वमा गठन भएको सरकार जेठ २८ पहिलो पटक, असार २ गते दोस्रो, साउन ११ तेस्रो र भदौ ४ गते चौथोपटक विस्तार भएको थियो । योसँगै नेपालको इतिहासमै देउवा नेतृत्वको मन्त्रिमण्डल सवैभन्दा ठूलो हुने भएको छ ।