वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय अनुशासन विभाग प्रमुख रमेस रिजालले असोज २ गते हुने २ नम्वर प्रदेशको स्थानीय निकायको निर्वाचनमा पार्टीले उठाएका उम्मेद्वार जिताउन एक जुट भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
सम्वाद दातासंग कुरा गर्दै उनले पार्टीको निर्णय विरुद्ध गएर काम गर्नेलाई पार्टीले कडा कारवाहि गर्ने भन्दै उहाँले कुनै पनि हालतमा कंग्रेसलाई जिताउन एक भएर लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
प्रदेश नम्वर २ मा पार्टीलाइ पहिलो बनाउनु पर्ने भन्दै उनले रिस राग र द्वेस सबै छोडेर पार्टीको गतिविधिमा सकृय भएर लाग्न आग्रह गर्नुभयो । प्रदेश नम्वर २ मा वीरगंज महानगर सहित १३६ वटा स्थानीय निकाय रहेको छ ।
एक सय भन्दा बढी स्थानीय निकायमा कंग्रेसले जित हात पार्ने भन्दै उहाँले त्यसका लागि सबै एक हुनुको विकल्प नरहेको बताउनुभयो । केन्द्रिय अनुशासन समितिको संयोजक रहनु भएका रिजालले हरेक स्थानीय निकायको गतिविधि सुक्ष्म रुपमा निगरानि गरिरहेको भन्दै कसैले पार्टीको हित विपरित काम गरेको पाइए कुनै पनि हालतमा नछाडिने प्रष्ट पार्नुभयो ।
पार्टीले २ नम्वर प्रदेशको एक मात्रै महानगर वीरगंजमा अजय द्विवेदीलाई मेयरको उम्मेद्वार बनाएको छ भने शान्ति कार्कीलाई उपमेयरमा उठाएको छ । रिजाल अहिले पर्सा सहित २ नम्वर प्रदेशका ८ वटै जिल्लामा पार्टीको गतिविधिलाई सुक्ष्म रुपमा निगरानि गर्न सक्रिय रुपमा घुमिरहेका छन् ।
प्रतिक्रिया