देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाषा आयोगद्धारा प्रधानमन्त्रीसमक्ष संक्षिप्त प्रतिवेदन प्रस्तुत 

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भाषा आयोगले आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको हुन् ।

प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई अत्यन्त महत्वका साथ उठाइएको छ ।

१२३ वटा भाषामध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका भन्दै त्यसमा सरकारले तत्काल ध्यान पु¥याउनुपर्नेलगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको अध्यक्ष अवस्थीले बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले भाषा आयोगलाई चाँडो पूर्णता दिइने बताए ।