देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीका कारण मुलुक एकताबद्ध भएको हो : अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले मुलुकलाई एकतावद्ध बनाएको दाबी गरेका छन ।

अध्यक्ष दाहालले सबैलाई निर्वाचनमा आउने वातावरण आफू नेतृत्वको सरकारले बनाएका कारण मधेशमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी पनि गरेका छन ।

बिहिवार लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी केन्द्रको भविष्य उज्वल रहेको आश्वासन समेत दिए ।

आफू नेतृत्वको सरकारले संविधानको स्विकार्यता बढाउँदै लैजाने नीति लिएकै भन्दै दाहालले सबै तहको निर्वाचनमा सबै दलहरु सहभागी हुने वातावरण बनेको दाबी गरे ।

उनले आफ्नो पार्टीको ठूलो बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै समानुपातिक समावेशी राज्यको परिकल्पनाकार पनि आफ्नैै पार्टी भएको जिकिर गरे ।