काठमाडौं । भारतीय पत्रकार एवम् एक्टिभिस्ट गौरी लंकेशको गोली हानी हत्या भएको छ । मंगलबार राति ५५ वर्षीया पत्रकारलाई उनकै घर बाहिर गोली हानिएको हो । प्रारम्भिक रिपोर्ट अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए । कम्तिमा पनि सात राउन्ड गोली हानिएको बिबिसीले जनाएको छ ।
उनी माथि गोली प्रहर भएको समयमा उनी घरको मुल ढोका खोल्दै थिइन् ।
तीन गोली उनको टाउको, घाटी र छातीमा लागेको छ । ४ गोली भित्तामा लागे । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीले घटनाबारे केही जनाएको छैन तर अनुसन्धान सुरु गरेको छ । उनलाई दक्षिणपन्थिकी खरो आलोचक थिइन् । गौरी लंकेशको हिजो साझ बेगलुरुमा गोली हानी हत्या भएको छ । हत्या के कारण भयो अहिले सम्म केही खुल्न आएको छैन । घटना बारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया