देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोपालमानले पुरस्कृत गरेपछि विवादित साझा अध्यक्ष फर्किए काममा

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनका अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपनि उनी सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

साझामा अनियमितताबारे समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मालाई दोषी ठहर गर्दै हटाउन सिफारिस गरे पनि मन्त्री श्रेष्ठले भने कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेका छन् ।

शर्मासहित सञ्चालक समितिका मनोनीत चारजना सदस्यले राजीनामा दिएका थिए । राजीनामा दिएका शर्मा एक्कासि कार्यालयमा देखेपछि उनीसँग जिज्ञासा राख्दा मन्त्रीले राजीनामा अस्वीकृत गरेकाले कार्यालय नआएर कहाँ जाने भन्दै उल्टै प्रश्न गरेको एक कर्मचारीले जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।