काठमाडौं । प्रहरीले काडमाडौँको क्षेत्रपाटीबाट अहिलेसम्मको ठुलो परिमाणमा सुन सहित गएराती एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रसुवाको केरुङ नाकाबाट काठमाडौँ ल्याइएको ८८ किलो सुनसहित एक जना पक्राउ गरेको हो ।
बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्नेमा सवारी चालक मनोज अधिकारी हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार राति २ बजे सुन पक्राउ गरेको हो । प्रहरीले अधिकारी भरियामात्र भएको हुनसक्ने आशंका गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको लोहनीले बताए ।
प्रतिक्रिया