देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित

देशान्तर

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।
बैठकमा १२ जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो । बुधबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।


छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए । समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ । हाल २५ सदस्यीय रहेको समितिमा गणपुरक संख्या पुग्न १४ जना सांसद्को उपस्थिति आवश्यक पर्छ ।