विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड होटल ‘बेस्ट वेस्टर्न प्लस’ नेपाल भित्रिएको छ । केएमसी ग्रुपका संस्थापकहरुकै प्रारम्भिक लगानीमा बेस्ट वेस्टन प्लस काठमाडौं सञ्चालनमा आएको हो । योसँगै शिक्षा क्षेत्रमा अग्रणी केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
काठमाडौंको पिंगलास्थान स्थापित चारतारे स्तरको चेन होटल विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलोपटक नेपालमा प्रस्तुत गरेको हो । पाहुनाहरुलाई मौलिक तथा न्यानो आतिथ्यमार्फत स्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।
दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौं सहरको मनोरम दृश्यासहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन् । होटलमा एक हजार दुई सय ५० जनासम्म अट्ने दुई मुख्य हल छन् । फिटनेस र वेलनेस, स्विमिङ पुल रहेको छ ।
सात रोपनी क्षेत्रफलमा अवस्थित उक्त होटलमा ८४ शय्या छन् । जसमा चार स्विट रुम, सात प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम छन् ।
दुई रेसटुरेन्टहरु एक सय ४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र एक सय ४० क्षमताका ला–रुफटप रेष्टुरेन्ट छ भने दुई बहुउद्देश्यीय हल छन् ।
पब्लिक लिमिटेड कम्पनीअन्तर्गतको यो परियोजनामा एक अर्ब ५० करोड लगानीको रहेको छ । चाँडै आइपीओमा जाने योजनासहित होटलले जनाएको छ ।
बेस्ट वेस्टर्नका १९ किसिमका ब्रानडहरुले एक सयभन्दा बढी देशमा चार हजार आठ सयभन्दा बढी होटल तथा रिसोर्टहरुले आतिथ्य सेवा प्रदान गरिरहेका छन् ।
नेपालमा बेस्ट वेस्टर्न होलका लागि प्रमुख रणनीतिक साझेदार ट्राभियालिटीले नेपालको आतिथ्य क्षेत्रमा होटल व्यवस्थापन गरेको संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया