देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियासँग ८३ रनले पराजित भए संगै नेपाल आईसीसी यू–१९ महिला टी २० विश्वकपको समूह चरणबाटै बाहिरियो

देशान्तर

काठमाडौं । अस्ट्रेलियासँग ८३ रनले पराजित भए संगै नेपाल आईसीसी यू–१९ महिला टी २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन बनेको हो ।
अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् । अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २–२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।