काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो ।
सहकारीले पीडित दिएको जाहेरी आधारमा लामिछाने आज अदालत हाजिर भएका हुन् । बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मंगलबार अदालतले सातदिने सूचना जारी गरेकामा लामिछाने बुधबार नै अदालत हाजिर भइसकेका छन् ।
प्रतिक्रिया