काठमाण्डौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् । नेपाल भारत महिलामैत्री समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्
।
परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए । नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा पनि उनले जोड दिए ।
दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पु¥याउन आफूले सधैँ सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सराहना गरे ।
प्रतिक्रिया