देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पको घोषणा : अमेरिका–मेक्सिको सीमामा संकटकाल, ‘अपराधी आप्रवासी’ स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । आज सोमबार अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पको ह्वाइट हाउसमा यो दोस्रो कार्यकाल हो।

‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’ राष्ट्रपतिको शपथपछि आफ्नो पहिलो भाषणमा ट्रम्पले भने, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु ।’

ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने बताए। उनले अमेरिकाको सार्वभौमसत्ता र सुरक्षा पुनर्स्थापित हुनेछ उल्लेख गर्दै न्यायको सन्तुलन पनि पुनर्स्थापित हुने बताए । उनले भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता स्वाभिमान, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण मुलुक निर्माण गर्ने हो ।’

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका छन् । उनले आज अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए ।

ट्रम्पले अवैध प्रवेशलाई तुरुन्तै रोकिने र सरकारले लाखौँ ‘अपराधी आप्रवासी’लाई आफ्नो देशमा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने बताए।