काठमाडौं । नेपाली कांग्रेसले बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति विषयमा संवाद गोष्ठी गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा वैदेशिक सहयोगको अर्थराजनीतिबारे छलफल गर्न लागिएको केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १२ः३० बजे सुरू हुनेछ । संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा. डा सञ्जय आचार्य, डा. ईन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहने छन् ।
प्रतिक्रिया