देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

देशान्तर

काठमाडौं । भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

इस्लामाबादको एक अदालतले अल–कादिर ट्रस्टसँग सम्बन्धित मुद्धामा अदालतले खानलाई १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ । सोही मुद्दामा अदालतले इमरान खानकी श्रीमती बुशरा बीबीलाई सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ । अदालतले पाकिस्तान सरकारलाई अल–कादिर ट्रस्टलाई नियन्त्रण लिन पनि आदेश दिएको छ ।

अदालतले यो सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए । इमरान खान र उनकी श्रीमती बुशरा बीबीविरुद्धको मुद्दा १९ करोड पाउन्ड वा अल–कादिर ट्रस्ट मुद्दा ५६ एकडभन्दा बढी जग्गा दानसँग सम्बन्धित छ । जुन निजी आवास समाज बहरिया टाउनले अल–कादिर विश्वविद्यालयलाई दिएको थियो ।