देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैरआवासीय नागरिकतासम्बन्धी अध्यादेशको प्रावधानमा सर्वत्र विरोध

देशान्तर

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारले गत शुक्रबार अध्यादेशमार्फत ल्याएको गैरआवासीय नागरिकतासम्बन्धी प्रावधानको प्रवासमा सर्वत्र विरोध सुरु भएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय समिति देखि राष्ट्रिय तथा राज्यस्तरका एनआरएनए समितिहरुले समेत विरोध सुरु गरेका छन ।

शुरुमा प्रवासी नेपाली मञ्च अमेरिका तथा जनसम्पर्क समिति अमेरिकाले संयुक्त रुपमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यादेशमा समेटिएको ‘गैर आवासीय’ नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिलाई १० वर्ष निःशुल्क भिसा प्रदान गरिने’ भनिएको प्रवधानको विरोध गरेका थिए । अन्तराष्ट्रिय समन्वय समितिका तर्फबाट आरके शर्मा र बद्री केसीले छुट्टाछुट्टै प्रेस वक्तव्य जारी गर्दै ‘भिसा निःशुल्क’ भन्ने प्रावधानको विरोध गरेका छन ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, प्रवक्ता बबिन मिश्र र महासचिव सन्तोष कुँवर समेतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको गैरआवासीय नेपालीहरुले राजनीतिकबाहेकको सबै अधिकार प्रयोग गर्न सक्ने’ भावनाको अध्यादेशले अवमूल्यन गरेको र सो भावनासँग बाझिएकाले उक्त कुरालाई वर्तमान सरकारले सच्याउने कुरामा एनआरएनए आशावादी रहेको बताइएको छ ।

सबै प्रवासी संगठनहरुले अध्यादेशमा समाविष्ट प्रावधानको विरोध गर्दै यथाशीघ्र सर्वोच्च अदालतले समेत विदेशमा बसेका आफ्ना नागरिकलाई मताधिकार दिनु भनेर दिएको आदेशको तत्काल पालना गर्दै देश बाहिर रहेका नेपाली नागरिकलाई आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारको सुनिश्चितताको जोडदार माग समेत गरेको छ ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, प्रवक्ता बबिन मिश्र र महासचिव सन्तोष कुँवर समेतले हस्ताक्षर गरेको बिज्ञाप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको गैर आवासीय नेपालीहरुले राजनितिकबाहेकको सबै अधिकार प्रयोग गर्न सक्नेु भावनाको अध्यादेशले अवमुल्यन गरेको र सो भावनासँग बाझिएकाले उक्त कुरालाई बर्तमान सरकारले सच्याउने कुरामा एनआरएनए आशावादी रहेको बताइएको छ । ‘