काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको बताएका छन् ।
चितवनको माडीकोस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्ने बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रको भावना विपरीत काम गरिरहेको आरोप लगाए । सरकारको अलोकतान्त्रिक कदमको भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको पनि उनले बताए । सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित काम भइरहेको उनको टिप्पणी थियो ।
प्रचण्डले आजै तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका दण्डपाणि न्यौपानेको परिवारसँग भेट गरेका छन् । । न्यौपाने ०५६ जेठ ७ देखि बेपत्ता छन् । बेपत्ता भएको समयमा पार्टीको केन्द्रीय सदस्य रहेका न्यौपाने माओवादीले युद्ध सुरु गर्दाको १९ सदस्यीय कमिटीमा थिए ।
प्रतिक्रिया