काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटवार्ता गरेका छन् ।
लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटवार्तामा कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने , ब्रिटिस एअरवेजको लण्डन – काठमाडौ सिधा हवाई उडान हुनुपर्ने र जलवायु परिवर्तनका कारण नेपाल संकटमा भएको र हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका भन्दै जलवायु परिवर्तनका कारण नेपालले जुन क्षेती व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने तथा त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने बिषय राखेका थिए ।
बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दुवाडी पनि सहभागि थिए ।
प्रतिक्रिया