काठमाडौं । भारतमा जारी खो खो विश्वकपको पहिलो संस्करणमा नेपाली पुरुष टिमले लगातार दोस्रो जित निकालेको छ ।
नेपाली टिमले बुधबार भएको खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई १३८–८ ले हराएको हो ।
पहिलो खेलमा भारतले नेपाललाई ४१–३७ ले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपालले पेरुमाथि ८०–३४ को सहज जित निकालेको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भुटान, ब्राजिल, भारत र पेरु छन् ।
प्रतिक्रिया