काठमाडौं । सहकारी ठगीका आरोपित रवि लामिछाने पक्षको बहस सकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भएको हो ।
लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्दै छन् ।
अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।
प्रतिक्रिया