देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका अध्यादेशका विषयवस्तु बारे जानकारी दिन सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
अध्यादेशबारे आलोचना र विरोध भएपछि प्रधानमन्त्रीले अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेका हुन् । सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । भूमिसम्बन्धि अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड गरिएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान बुढानीलकण्ठमा बोलाएका हुन् ।
सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।