काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै त्यसको पुष्टि गर्न चुनौती दिएका छन् ।
सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले त्यो छानबिन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानबिन गर्न तयार रहेको र त्यसका लागि समिति नै बनाउन तयार भएको बताए ।
उनले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए । उनले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताए । ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार विरोधी अभियानमा रहेको समेत बताए । महासङ्घ नेतृत्वले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् ।
प्रतिक्रिया