देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक

देशान्तर


गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोधन गरेको बताउनुभएको छ ।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ ।” उहाँले भन्नुभयो–“ हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ ।” चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेश मार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उहाँको भनाई थियो । “शासकियसुधारसंग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन ।” उहाँले भन्नुभयो–“थप पनि उद्योगहरुको वातावरण निमार्णका लागि सरकारले हमेशा निजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।”

उहाँले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्तमहत्वपूर्ण निर्णय गरेको समेत बताउनुभयो । “आईटिको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौ ।” उहाँले भन्नुभयो–“विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निमार्णमा सरकार लागेको छ ।” कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उहाँले बताउनुभयो ।

“सात दिन भित्र निर्णय गर्ने निर्णय नभए कार्वाहि हुने व्यवस्था गरेका छौ ।” लेखकले भन्नुभयो–“सात दिन भित्र हुने भए हुन्छ नहुने भए हुदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौ ।” उहाँले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौ ।” उहाँले भन्नुभयो–“ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।” उहाँले सरकारले निजि क्षेत्रसंग सरकार्य गर्न सधै तयार रहेको बताउदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।